२०२६-०६-१३
सोमबार देशभर वर्षाको सम्भावना>
Action

सोमबार देशभर वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेकाले अहिले देशभर वर्षाको प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह भइरहेको अवस्थामा सोमबार बिहान सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। कञ्चनपुरको दोधारामा पछिल्लो एक घण्टामै ३९.८ मिलिमिटर वर्षा भएको महाशाखाले अद्यावधिक विवरणमा उल्लेख गरेको छ। त्यस्तै डोटीको गैरामा १५ मिलिमिटर र डडेलधुराको साहुखर्कमा १०.८ मिलिमिटर वर्षा रेकर्ड भएको छ। बैतडी, बझाङलगायतका स्थानहरूमा पनि वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य बदली रहनेछ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानमा पनि पानी पर्ने अनुमान गरिएको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

सोमबार राति पनि देशभर सामान्य बदली रहनेछ। राति सुदूरपश्चिमका केही स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा तराई भू-भागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart