२०२६-०८-१२
महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डद्वारा राजीनामा>
Action

महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डद्वारा राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार वाइल्डले केही दिनअघि इमेलमार्फत आफ्नो राजीनामा पत्र पठाएका हुन्। उनको राजीनामा एएफसी महिला एसियन कप छनोटका क्रममा उज्बेकिस्तानमा भएको घटनाक्रमसँग जोडिएको छ।

उक्त प्रतियोगितामा कप्तान चयनका विषयमा उठेको विवादले टिम भित्रै तनाव सिर्जना भएको थियो। प्रशिक्षक वाइल्ड र टिम व्यवस्थापनबीचको मतभेद गहिरिँदै गएपछि उनले नेपाल नफर्किने चेतावनीसहित उज्बेकिस्तानबाटै बेल्जियम प्रस्थान गरेका थिए। यसअघि एन्फाले घटनाबारे स्पष्ट जानकारी माग्दै उनलाई पत्र पठाएको थियो, जवाफमा उनले राजीनामा पठाएको एन्फा स्रोतको दाबी छ।

हाल एन्फा अध्यक्ष पंकज नेम्वाङ विदेश भ्रमणमा रहेका कारण कोचको राजीनामा औपचारिक रूपमा स्वीकृत गर्ने निर्णय अझै भइसकेको छैन। तर वाइल्डको बिदाइले नेपाली महिला फुटबलको भावी योजना र स्थायित्वमा चुनौती खडा भएको छ।

प्रतियोगिता सकिएपछि स्वदेश फर्किएको नेपाली टिम व्यवस्थापनले पत्रकार सम्मेलनमार्फत मुख्य प्रशिक्षक वाइल्डमाथि गम्भीर आरोप लगाएका थिए। कप्तान चयन, रणनीतिक कमजोरी र व्यवस्थापन समन्वयमा वाइल्ड असफल भएको उनीहरूको आरोप थियो।

उता वाइल्डले पनि अन्तर्वार्तामा एन्फाको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै सुधार नभए नेपाल नफर्कने बताएका थिए। यसबीच, नेपालले एसियन कप छनोट अन्तर्गत श्रीलंका र लाओसमाथि जित निकाल्दा पनि उज्बेकिस्तानसँगको खेल बराबरी भएपछि टाइब्रेकरमा चुक्दै प्रतियोगिताबाट बाहिरिएको थियो।

हाल प्रशिक्षकविहीन अवस्थामा रहेको नेपाली महिला टिमको नेतृत्व कसले सम्हाल्ने भन्नेबारे अझै निर्णय भइसकेको छैन। यो घटनाले नेपाली महिला फुटबलमा नेतृत्वको संकट र संरचनात्मक कमजोरीलाई फेरि उजागर गरिदिएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart