२०२६-०६-१३
‘माग्ने राजा’ को रमाइलो गीत सार्वजनिक, माग्ने बुढा पैसा ओढेर सुत्दै!>
Action

‘माग्ने राजा’ को रमाइलो गीत सार्वजनिक, माग्ने बुढा पैसा ओढेर सुत्दै!

फिल्म ‘माग्ने राजा’ को “म त सुतेर उठेको पैसामा” बोलको गीत सार्वजनिक गरिएको छ। गायक बाबुल गिरीको स्वरमा तयार पारिएको गीतमा माग्ने बुढा (केदार घिमिरे), तक्मे बुढा (विल्सन विक्रम राई) र बालकलाकार रोनिश खड्का देखिएका छन्। भिडियोमा केदार घिमिरे पैसा ओढेर निदाएको दृश्यले दर्शकलाई हसाउँछ। कोरियोग्राफी गम्भीर विष्टले गरेका छन्।

ऋषि लामिछानेको निर्देशनमा बनेको यो फिल्म उनको आठ वर्षपछिको कमब्याक हो। आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा केदार, वर्षा सिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, पवित्रा साकी र अभिनेता आर्यन सिग्देल विशेष भूमिकामा छन्।

फिल्ममा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा र संवाद रहेको छ भने संगीत दीपक शर्मा र बाबुल गिरीको छ। नरेन्द्र मैनालीको छायांकन रहेको ‘माग्ने राजा’ आगामी भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart