२०२६-०६-१३
लाल किल्लाबाट मोदीको सम्बोधन: अपरेसन सिन्दूरमा सैनिकलाई सलाम, पाकिस्तानलाई कडा चेतावनी>
Action

लाल किल्लाबाट मोदीको सम्बोधन: अपरेसन सिन्दूरमा सैनिकलाई सलाम, पाकिस्तानलाई कडा चेतावनी

७९ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लाबाट राष्ट्रलाई सम्बोधन गर्दै अपरेसन सिन्दूरमा सहभागी सैनिकप्रति सम्मान व्यक्त गर्दै पाकिस्तानलाई कडा चेतावनी दिएका छन्।

प्रधानमन्त्री मोदीले भने, “आज, मलाई लाल किल्लाबाट अपरेसन सिन्दूरका बहादुर सैनिकलाई सलाम गर्ने अवसर मिलेको छ। हाम्रा सैनिकहरूले शत्रुलाई उनीहरूको कल्पनाभन्दा बाहिरको सजाय दिएका छन्। भारत अब आणविक धम्की वा ब्ल्याकमेल सहने छैन।”

उनले पहलगाम नरसंहारको स्मरण गर्दै भने, “आतङ्ककारीहरूले सीमापारबाट आएर निर्दोष नागरिकको हत्या गरे। श्रीमान्–श्रीमती र बुबा–छोराछोरीको अगाडि निर्दोष हत्या भयो। सम्पूर्ण भारत क्रोधित भएको छ, र अपरेसन सिन्दूर त्यही क्रोधको अभिव्यक्ति हो।”

प्रधानमन्त्री मोदीले सिंधु सम्झौता र जलस्रोतको न्यायोचित प्रयोगबारे पनि स्पष्ट धारणा राख्दै भने, “भारतले अब रगत र पानी एकसाथ बग्ने छैन। भारतीय नदीहरूको पानी शत्रुको खेतमा प्रयोग भइरहेको छ, तर अब भारतले आफ्नो भागको पानी पाउनेछ। एकतर्फी र अन्यायपूर्ण सिन्धु सम्झौता राष्ट्रिय हितमा स्वीकार्य छैन।”

स्वदेशमै निर्मित लडाकु विमान र जेट इन्जिनको महत्व औँल्याउँदै उनले भने, “हामी समुद्रमन्थनको दिशामा अघि बढिरहेका छौँ, समुद्रभित्र तेल र ग्यासको भण्डार खोज्दैछौँ। मेड इन इन्डिया जेट इन्जिन हाम्रो प्राथमिकता हो।”

प्रधानमन्त्री मोदीले आत्मनिर्भर भारतलाई विकसित भारतको आधार भन्दै जोड दिए, “आत्मनिर्भरता केवल आयात–निर्यात वा पैसामा सीमित छैन। यदि अरूमाथि अत्यधिक निर्भर रह्यो भने स्वतन्त्रताको सार हराउँछ।”

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart