२०२६-०८-१३
हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको खोजीमा आमा–बहिनी इजरायल प्रस्थान>
Action

हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको खोजीमा आमा–बहिनी इजरायल प्रस्थान

काठमाडौं । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको खोजीका लागि उनकी आमा पदमा र बहिनी पुष्पा इजरायलतर्फ प्रस्थान गरेका छन्। उनीहरू सोमबार दिउँसो दुबई हुँदै इजरायल जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका हुन्।

२०८० असोज २० गते हमासको आक्रमणपछि सम्पर्कविहीन भएका कृषिविद्यार्थी विपिनलाई हमासले बन्धक बनाएको बताइन्छ। सोही दिनको घटनामा उनका १० जना नेपाली साथीहरूको मृत्यु भएको थियो।

लामो समयसम्म पनि विपिनको मुक्तिको समाचार नआएपछि संयुक्त राष्ट्रसंघमार्फत दबाब सिर्जना गर्ने प्रयास भइरहेको छ। नेपालका लागि इजरायली राजदूत शमुलिक यारी बासले विमानस्थलमै पुगेर पदमा र पुष्पालाई बिदाइ गरे।

राजदूतका अनुसार विपिनकी आमा र बहिनी इजरायलमा उच्च अधिकारी, नेताहरू तथा सेनाका प्रतिनिधिसँग भेटवार्ता गर्नेछन्। उनीहरू इजरायलस्थित नेपाली दूतावासको सम्पर्कमा रहेर थप खोजी अभियान अघि बढाउनेछन्। टिकट व्यवस्थासमेत दूतावासले गरेको हो।

विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत कृषिशिक्षाका लागि इजरायल गएका थिए। आक्रमणको बेला उनी आफ्ना साथीहरूसँगै खेतमा कार्यरत थिए, जसपछि केही साथीहरूले उनलाई हमासले लगेको प्रत्यक्ष देखेको बयान दिएका थिए।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart