ताजा खबर
विश्वभर आलोचना भइरहेका बीच इजरायली सेनाले गाजा क्षेत्रमा ठूलो सैन्य कारबाही सुरु गरेको छ। सेनाले गाजा शहर कब्जा गर्ने योजना अनुसार कारबाही अघि बढाएको र सहरको बाहिरी इलाका नियन्त्रणमा लिइसकेको दाबी गरेको छ।
इजरायली सैन्य कमाण्डरका अनुसार कब्जाको तयारीस्वरूप जैतुन र जबालिया क्षेत्रमा सैनिकहरू पहिले नै तैनाथ छन्। मंगलबार रक्षामन्त्री इजरायल काट्जले अभियानलाई स्वीकृति दिएका थिए र यसलाई अब छिट्टै सुरक्षा क्याबिनेटमा पेस गरिने भएको छ।
यस आक्रमणले आम नागरिक प्रभावित हुने भन्दै अन्तर्राष्ट्रिय समुदायले कडा विरोध गरिरहेको छ। तर इजरायलले हमासलाई पूर्ण रूपमा समाप्त नपारेसम्म कारबाही नरोकिने अडान दोहोर्याएको छ।
हमासले भने इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गरेको र निर्दोष नागरिकलाई निशाना बनाएको आरोप लगाउँदै आएको छ।
सन् २०२३ अक्टोबर ७ मा हमास लडाकुहरूले गाजाबाट इजरायलको किबुजमा आक्रमण गर्दा १० नेपालीसहित करिब १,२०० जनाको ज्यान गएको थियो। त्यसयता इजरायलले हमास र उसका सहयोगीहरूमाथि लगातार सैन्य अभियान चलाइरहेको छ।
Super Admin
>