२०२६-०८-१२
एएफसी यू–२० महिला छनोटमा नेपालको पहिलो जित, साउदी अरबसँग १–० को विजय>
Action

एएफसी यू–२० महिला छनोटमा नेपालको पहिलो जित, साउदी अरबसँग १–० को विजय

काठमाडौं — भुटानको थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले साउदी अरेबियामाथि संघर्षपूर्ण १–० को जित निकाल्दै प्रतियोगितामा पहिलो तीन अंक जोडेको छ।

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शुक्रबार भएको खेलमा निर्धारित समय सकिनै लाग्दा ९०औं मिनेटमा शुक्रिया मियाँले निर्णायक गोल गरिन्। उनले मिना देउवाको पासमा ट्याप–इन गर्दै गोल गर्न सफल भइन्।

नेपालले पहिलो हाफको ३७औं मिनेटमा पेनाल्टी पाएको थियो तर मिना देउवाको प्रहार बारमा लागेर गोल बन्न सकेन। खेलभरि साउदी अरेबियाले पनि केही अवसर बनाए पनि गोल गर्न असफल रह्यो।

यसअघि नेपालले पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको थियो। साउदी अरेबियाले भने पहिलो खेलमा उत्तर कोरियासँग १५–० को हार बेहोरेको थियो।

अब नेपालले समूह चरणको अन्तिम खेल आइतबार उत्तर कोरियाविरुद्ध खेल्नेछ। हरेक समूहको विजेता र उत्कृष्ट तीन उपविजेता टोली एसियन कपमा छनोट हुने प्रावधान छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart