२०२६-०६-१३
चार नयाँ मन्त्रीको टुंगो, आजै शपथ ग्रहण हुने>
Action

चार नयाँ मन्त्रीको टुंगो, आजै शपथ ग्रहण हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी छिन्। उनीहरूको आजै शपथ ग्रहण हुने तयारी भइरहेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार मन्त्री बन्नेमा डा. सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता रहेका छन्।

मन्त्रालयको जिम्मेवारी क्रमशः —

गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय तोकिएको छ।

राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहणको समय केहीबेरमै सार्वजनिक गरिनेछ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart