२०२६-०६-१३
बैतडीका किसानको खेतमै बास : मकैबाली जोगाउन रातभरि जाग्राम>
Action

बैतडीका किसानको खेतमै बास : मकैबाली जोगाउन रातभरि जाग्राम

बैतडीका किसान मकैबाली जोगाउन रात–दिन खेतमै बस्न बाध्य छन् । जङ्गली बँदेल, दुम्सी, बाँदर, भालुजस्ता जनावरहरूले मकैबाली सखाप पार्न थालेपछि किसानको चिन्ता झन् बढेको छ ।

मकैमा घोगा लाग्ने बेला सुरु भएसँगै खेतमा पसेर नष्ट गर्ने जनावरहरूबाट अन्नबाली जोगाउन किसानहरू दिनरात पहरा दिँदै आएका छन् । तर टहरा बनाएर रातभर जाग्राम बसे पनि बाली जोगाउन नसकिएको उनीहरूको गुनासो छ ।

दोगडाकेदारदेखि पञ्चेश्वरसम्मका किसान मकैबाली जोगाउने संघर्षमा छन् । स्थानीय तहहरूमा मकै जोन कार्यक्रम सञ्चालनमा रहे पनि बँदेलहरूको उपद्रवले खेतीको भविष्य नै अन्योलमा परेको देखिन्छ ।

१२ हजार हेक्टरभन्दा बढीमा मकैखेती हुने बैतडीमा किसान अब खेती गर्न नै हिच्किचाउन थालेका छन् । जनावरले सताउने डरले खेत बाँझो राख्नेहरू पनि बढेका छन् । हरेक वर्ष अनिदो बस्नु, टहरामा रात बिताउनु र अझै पनि बाली नजोगिनु बैतडीका किसानको नियति बन्दै गएको छ ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart