ताजा खबर
अमेरिकाको पेन्सिलभेनिया राज्यमा बुधबार दिउँसो स्कुल नजिकै भएको गोलीकाण्डमा तीन प्रहरीको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन्। योर्क काउन्टीस्थित उत्तरी कोडोरस टाउनशिपमा स्थानीय समयअनुसार दिउँसो २ बजे भएको घटनामा गोली चलाउने व्यक्तिको पनि प्रहरीको जबाफी कारबाहीमा मृत्यु भएको छ।
घाइते दुई प्रहरीलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल लगिएको छ। घटनापछि पेन्सिलभेनिया राज्यका सरकारी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरिएको छ। प्रहरी कमिश्नर क्रिस्टोफर पेरिसका अनुसार विस्तृत अनुसन्धान भइरहेको छ भने गोली चलाउने र घटनाका कारणबारे अझै खुलासा गरिएको छैन।
Super Admin
>