२०२६-०८-१३
‘अभिमन्यु’ दशैंको फूलपातिमा प्रदर्शन हुने>
Action

‘अभिमन्यु’ दशैंको फूलपातिमा प्रदर्शन हुने

काठमाडौं । जेनजी आन्दोलनका कारण रोकिएको नेपाली फिल्म ‘अभिमन्यु’ ले नयाँ प्रदर्शन मिति तय गरेको छ । निर्माताले सोमबार विज्ञप्ति जारी गर्दै फिल्म असोज १३ गते दशैंको फूलपातीका दिन प्रदर्शन हुने जानकारी दिएका छन् ।

निर्माता कम्पनी सेभेन सिज सिनेमाले देशमा आएको परिवर्तनलाई सकारात्मक दृष्टिले लिएर चलचित्र उद्योगलाई निरन्तर गतिशील बनाउने उद्देश्य रहेको जनाएको छ । नेपाली संस्करण असोज १३ मा र हिन्दी संस्करण असोज १७ मा भारतसहित विश्वभर रिलिज हुने जनाइएको छ ।

निर्माता विनोद पौडेलले प्रचारप्रसारमा ठूलो लगानी भइसकेकाले दर्शकलाई लामो समय पर्खाउन नसकिने बताए । फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठलगायतको अभिनय रहेको छ । सुशान्त गौतमले निर्देशन गरेको यस फिल्मलाई ‘अभिमन्यु : च्याप्टर १’ भनेर प्रस्तुत गरिएको छ ।

दशैंको फूलपातीमै हरिबहादुरको जुत्ता, बलिदानमाइतीघर पनि प्रदर्शन तयारीमा छन् ।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart