२०२६-०८-१३
आज  विश्वकर्मा पूजा सवारी साधन, कलकारखाना र विभिन्न मेशिनरी सामग्रीको पूजाआजा गरी मनाइदै>
Action

आज विश्वकर्मा पूजा सवारी साधन, कलकारखाना र विभिन्न मेशिनरी सामग्रीको पूजाआजा गरी मनाइदै

काठमाडौँ । आज आश्विन सङ्क्रान्तिका दिन सवारी साधन, कलकारखाना र विभिन्न मेशिनरी सामग्रीको पूजाआजा गरी विश्वकर्मा पूजा मनाइयो। राजधानीको भद्रकालीमा भगवान् विश्वकर्माको पूजा गर्न श्रद्धालुहरूको भीड लागेको थियो।

परम्पराअनुसार आजका दिन विभिन्न कलकारखानामा भगवान् विश्वकर्माको मूर्ति वा तस्बिर स्थापना गरी विधिपूर्वक पूजा–आराधना गरिन्छ। विशेष सजावट गरिएको कारखानामा मजदुरहरूलाई समेत सहभागी गराएर सामूहिक रूपमा पूजा गर्ने प्रचलन रहेको छ।

पूजा सम्पन्न भएपछि भोलिपल्ट पूजाआजामा प्रयोग गरिएका मूर्तिहरू नदीमा सेलाउने परम्परा छ। यसरी प्राविधिक सीप र औजारका देवता मानिने भगवान् विश्वकर्माको पूजा गरी सवारी साधन, उपकरण र उद्योगधन्दामा सफलता र सुरक्षाको कामना गरिन्छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart